सुदूरपश्चिम महोत्सवको १५ औं संस्करण आयोजना हुने

छिनोफानो   मङ्गलबार ०१, चैत २०७८ ०६:२९

कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको १५ औं संस्करण आयोजना गर्ने तयारी थालेको छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको महोत्सव चैत्र १० गतेदेखि २० गते सम्म धनगढी को पुशुपति टोलमा  सञ्चालन गर्ने गरी कैलाली उद्योग वाणिज्य संघले तयारी थालेको हो ।
माघ १८ गते देखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगित गर्नु परेको थियो । 
विगतका  वर्षझै ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ  प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको संघले जनाएको छ । 
महोत्सवमा कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यानसहितका ३ सयभन्दा स्टल रहने कैलाली उद्योग वाणिज्य पत्रकार सन्मेलन मार्फत जानकारी दिएको छ ।
सुदूरपश्चिम वासी को पर्व को रुपमा स्थापीत भएको महोत्सवमा प्रत्यक बर्ष झै नेपाल सरकारलाई पुरा हुन नसकेका मागहरु राख्ने  कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कँुवर ले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु