फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

छिनोफानो   बुधबार ०२, चैत २०७८ ०४:२८

नेपालमा भारतबाट खरिद गरिँदै आएको पेट्रोलियम पदर्थको मूल्य फेरि बढेर आएको छ । तर यता नेपाल आयल निगमले उपभोक्ताका लागि बेच्ने मूल्य बढाएको छैन ।

बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेर आएको भारतीय आयल निगमले जनाएको छ।

निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी १५ दिनमा करीब ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले जानकारी दिएको छ । यसअघि फागुन १९ मा मूल्य समायोजन गरेको थियो ।

रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई उच्चतम विन्दूमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु