गुल्मीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु

छिनोफानो   बिहिबार ०३, चैत २०७८ ०६:५७

गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार राति जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर(१ झेदीमा लु ३ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।दुर्घटनामा पट्याक्टर चालक इस्मा गाउँपालिका(६ निवासी ३१ वर्षको रेशम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर झेदीस्थित सडक निर्माणमा कार्यमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ । मृतक चालकको शव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु