१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

छिनोफानो   बिहिबार ०३, चैत २०७८ ०७:०१

भाञ्जी नाताकी १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शहीदलखन गाउँपालिका(८ ढोडेनी चिसापानीका २९ वर्षका युवकलाई मंगलबार पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।उनले गत फागुन १९ गते बालिकालाई करणी गरेको भन्दै बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरी मुद्दा दर्ता भएको हो । प्रहरीले उनीविरुद्ध बुधवार गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु