हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदै

छिनोफानो   बिहिबार ०३, चैत २०७८ ०७:२५

आज फागुन शुक्ल पूर्णिमा अर्थात होली पर्व । हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा शुक्रबार होली मनाइँदै छ ।

विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई–तीन दिनसम्म होली मनाउने चलन छ ।

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु