पर्वका नाममा जथाभावी गर्नेलाई कारबाही गर्छौ:एसपी अधिकारी

छिनोफानो   बिहिबार ०३, चैत २०७८ ०८:३१

जिल्ला प्रहरी कार्यालय कैलालीले कसैको इच्छा विपरीत फोहोर पानी फाल्ने, केमिकल सहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिंड्ने व्यक्तिलाई अनावश्यक दुःख दिनेलाई कारबाही गर्ने जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले पर्वका नाममा कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गर्नु भएको छ ।उनले भने , यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गर्छौ ।
सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उनले जिल्ला भरी होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गरी सभ्य, भव्य तथा सु–संस्कृतिरुपमा मनाउन आह्वान गर्नु भएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु