मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

छिनोफानो   शुक्रबार ०४, चैत २०७८ ११:०२

मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौं जना घाइते भएका छन् ।हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका(६ सुनाचुरी भुलचोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ उद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

उनले तत्काल क्षतिको एकीन गर्न समस्या भएको र बसमा कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी भइनसकेको बताए । दुर्घटनाको प्रारम्भिक अवस्था र घाइतेको अवस्था बुझ्दा मृतकको संख्या बढ्न सक्ने उनको भनाई छ । घाइते नौं जनाको उद्दार गरी उपचारका लागि चितवन तर्फ पठाइएको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु