जुवा खेलिरहेका १९ जना चार लाख नगदसहित पक्राउ

छिनोफानो   शुक्रबार ०४, चैत २०७८ ११:१५

गोरखाको बारपाक सुलिकोट गाउँपालिका-३ सौरपानीमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट झण्डै चार लाख नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय सीताकुमारी आले मगरको घरको आँगनमा जुवा खेलिरहेका उनीहरुलाई बिहीवार राति १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका-५ का बुद्धिप्रसाद पोखरेल, रामप्रसाद पौडेल, होमबहादुर सार्की, कमलबहादुर सुर्खेती, रन्जन पोखरेल, सन्तमान गुरुङ, कृष्ण श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ र वडा नम्वर ७ का रामबहादुर बराम छन् । त्यस्तै बारपाक सुलिकोट गाउँपालिका-२ का फेनबहादुर घले, वडा नम्वर-३ का धनबहादुर तामाङ, बिशाल आले, वडा नम्वर ४ का बीरबहादुर गुरुङ र लालबहादुर गुरुङ पनि पक्राउ परेको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

उनका अनुसार सिरानचोक गाउँपालिका-९ का मंगल बिक, धार्चे गाउँपालिका-४ का तिजमान गुरुङ, अजिरकोट गाउँपालिका-३ का बिष्णु अधिकारी, वडा नम्वर ४ का रत्नमान गुरुङ र वडा नम्वर ९ का सुकबहादुर घले पनि पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरु १९ देखि ७५ वर्ष उमेरसम्मका छन् ।

जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ९० हजार रकम समेत बरामद भएको छ । सट्टाबाजी गर्न नहुने कसुर अन्तरगत शुक्रबार मुद्दा दर्ता गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु