ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

छिनोफानो   शुक्रबार ०४, चैत २०७८ ११:२६

 ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा बागलुङमा एक जना पक्राउ परेका छन् । ४२ वर्षीया श्रीमती तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका- १४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्नबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु