सेती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नरबहादुर शाह (निर्मल) नियुक्त

छिनोफानो   शुक्रबार ०४, चैत २०७८ ११:४१

सेती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नरबहादुर शाह (निर्मल) नियुक्त भएका छन् । बिहीबार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेशका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकले रिक्त रहेको सेती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शाहलाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

यस्तै महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट ,टीकापुर अस्पतालमा झापटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी ,बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त भएका छन् । जिल्ला अस्पताल डोटीको नियुक्त हुने व्यक्तिको कागजपत्र आउन बाकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु