डुमरियामा शुक्रबार राति होली मनाउने क्रममा झडप ,गोली चल्यो

छिनोफानो   शनिबार ०५, चैत २०७८ ०३:०७

बिहीबारदेखि मनाइन शुरु होली रौतहटमा आज (शनिबार) पनि मनाइँदैछ । मुख्य गरी रौतहटको उत्तरी क्षेत्रमा बसोबास गर्ने पहाडी समुदायले बिहीबार होली मनाएका थिए भने मधेसी समुदायले शुक्रबार र शनिबार होली मनाउँदै छन् ।जिल्लाको अधिकांश भागमा शुक्रबार नै होली मनाइएको भए पनि केही भागमा शनिबार नै मूल होली मनाइँदै छ । जिल्लामा लगातार तिन दिन होली मनाउने क्रममा केही ठाउँमा झडप पनि भएको छ । कटहरिया नगरपालिका ९ डुमरियामा शुक्रबार राति होली मनाउने क्रममा झडप भएको हो ।

होली मनाउने क्रममै दुई पक्षबीच झडप र ढुङ्गा हानाहान भएको छ । झडपमा केही मानिस घाइते भएका छन् । घाइते हुनेमा कटहरिया(९ डुमरियाका तीन जना छन् । स्थानीय राजकुमार यादव, महबुब मिया र जटाशंकर साह घाइते भएको प्रहरीको भनाइ छ ।

यादव र मियालाई उपचारको लागि वीरगञ्ज पठाइएको छ भने साहको उपचार गरुडामा भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । रौतहटमा राजनीतिक आस्थाको आधारमा समूहमा विभाजित भई होली खेल्ने चलनको विकास भइसकेको छ ।

कटहरिया(९ डुमरियामा वडाध्यक्ष रामाज्ञा राय यादव र ओमप्रकाश साह गरी दुई पक्षको होली खेल्ने क्रममा झडप भएको हो । झडपकै क्रममा दुई राउण्ड गोली चलेको छ । गोलीले कुनै क्षति भएको विवरण छैन । गोली कुन पक्षले चलाएको हो भन्ने यकिन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु