कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

छिनोफानो   सोमबार ०७, चैत २०७८ ०४:५८

कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्य भएको छ । पुर्व पश्चिम राजमार्गस्थित जिल्लाको लम्कीचुहा नगरपालिका – १० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको हो ।
आज बिहान सात बजे लु १ ख ८९३० नम्बरको ट्रकले सुप ०१००९ प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु