सविधान को रक्षाका लागि भएपनि गठबन्दन जरुरी छ : महासचिव भुसाल

छिनोफानो   मङ्गलबार ०८, चैत २०७८ ११:२२

नेकपा एकिकृत समाजवादी का महासचिव बेदराम भुसालले गठबन्दन सविधान को रक्षाका लागि भएको बताएका छन् ।  मंगलवार नेकपा एकिकृत समाजवादी पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन मा बोल्दै महासचिव भुसालले सविधान को रक्षाका लागि भएपनि गठबन्दन जरुरी रहेको बताएका छन् ।
साथै उनले एकिकृत समाजवादी ले एमाले सग कुनै पनि कुरा मा सहकार्य गर्ने सम्भावना नरहेको बताउनु भएको छ ।
उनले भने एमाले सरकारमा हुँदा केपी शर्मा ओलीले नेपालको संविधानलाई कुल्चीएर संसद विघटन गरी नेपाली जन्तालाई अध्यारोमा धकेलेको तानाशाही शानसन संविधान विपरीत काम गरी इतिहास कायम गरेको एमाले पाटी संग नेकपा एकिकृत समाजवादी पाटीको सहकार्य हुँन नसकिने महासचिव भूसाले बताए । 
उनले भने  एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको छ । आगामी निर्वाचन आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह  गरे । 
‘अहिले हाम्रो अग्निपरीक्षा सुरु भइरहेको छ । तर, हामीले दुईवटा अग्निपरीक्षामा सफल भइसकेका छौँ । केपी ओलीलाई पराजित गरेर कलम चिह्नले जितिसकेका छौँ । हाम्रो पार्टीको तागतलाई मान्छेहरूले अनुमान गरिरहेका छन् । 
दुई तिहाइको सरकार हुँदा ओलीको अहंकारको कारणले प्रतिनिधिसभा विघटन गरेर उपलब्धि ध्वस्त पार्न खोजेको महासचिव भुसालले आरोप लगाए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु