मानव बेचबिखन बिरुद्धको पैरवी समुह को आयोजना मा महिनावारी सम्वन्धी अन्र्तरक्रया कार्यक्रम सम्पन्न

छिनोफानो   बुधबार ०९, चैत २०७८ ०५:१२

कैलाली मा महिला विकास समाज अन्र्तगतको मानव बेचबिखन बिरुद्धको पैरवी समुह को आयोजना मा महिनावारी सम्बन्धी अन्र्तरक्रया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको गोदावरी नगरपालीका ११ स्थित सरस्वती माध्यामिक विधालयमा  महिनावारी को समयमा छात्राहरुले भोग्नु पर्ने समस्या लाई मध्यनजर गर्दै कार्यक्रम को आयोजना गरिएकोे हो । 
कार्यक्रममा समाजमा ठुलो समस्याको रुपमा रहेको छाउपडी कुप्रथाका बिषय मा छलफल गरिएको हो । आफ्ना समस्या राख्दै छात्राहरुले समाजमा महिनावारी को समयमा ,छाउपडी गोठ मा बस्नु पर्ने , दुध जन्य खानेकुरा खान नपाईने ,शौचालय प्रयोग गर्न नपाईने,पानीको मुहान छुन नपाइने,शौचालय जान खोला प्रयोग गर्नु पर्ने बाध्यता कायमै रहेको बताए ।
साथै कार्यक्रम लाई सम्बोधन गर्दै गोदावरी नगरपालीकाकी महिला तथा बालबालीका साखा प्रमुख गोदावरी खत्रीले सरकारले छाउपडी कुप्रथा सम्बन्धी धेरै कार्यक्रमहरु ल्याए पनि पटक पटक छाउ गोठ भत्काउदा पनि समाजमा चेतना को स्तर बुद्धी गर्न नस्कदा  मनको गोठ भत्काउन नसकिएको बताईन ।
यस्तै महिला बिकास समाजकी अध्यक्ष बिमला पन्त ओझाले रेष्ट को सहकार्यमा महिला बिकास समाज बिगत २८ बर्ष देखि बिपन्न बर्ग को छात्राहरु लाई छात्र बृती प्रदान गर्दै उनीहरु लाई सक्षम बनाउन आफुहरु लागि परेको बताईन् । उनले भनिन् , यी कलीला छात्राहरु देशका भवीष्य हुन् यिनीहरु लाई  प्रबिधी अनुसार प्रतिसपर्धी बनाउन हामी निरन्तर लागि परेका छौ । साथै उनले समाजमा चेतना को स्तर बृद्धी गर्न छात्राहरुले जनचेतनामूलक कार्यक्रम आयोजना गरे आफुहरुले सहयोग गर्ने बताईन् ।
कार्यक्रममा महिला बिकास समाज की अध्यक्ष , नगरपालीका महिला बालबालीका साखा प्रमुख ,बिधालयका प्रधानाध्यापक ,बिधालय अभिभावक सघं का अध्यक्ष तथा पैरवी समुहका प्रतिनीधी को उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु