नेकपा एमाले गोदावरी नगरपालीका १० नम्बर टोल कमिटी भेला सम्पन्न

छिनोफानो   बुधबार ०९, चैत २०७८ ०७:१०

कैलालीका गोदावरी नगरपालीका वडा नम्बर१० मा नेपाल कम्युनिष्ट पार्टी एमाले को टोल  कमिटी भेला सम्पन्न भएको छ । स्थानीय चुनावलाई लक्षीत  नेकपा एमाले १० न वडा कमिटीले टोल  कमिटी भेला सम्पन्न गरेको हो ।
कार्यक्रममा पुर्व सामाजिक बिकास मन्त्री किष्ण राज सुवेदी,नगर कमिटी अध्यक्ष गोकर्ण भट्ट, वडा कमिटी अध्यक्ष झँकर सिह कोली ,हितेस ओझा लगाएतका नेता कार्यकर्ता को उपस्थीती रहेको थियो भने कार्यक्रमलमई सञ्चालन वडा सचिव भिम जैगडी ले गर्नु भएको थियो ।
कार्यक्रमलाई  सम्बोधन गर्दै पुर्व मन्त्री सुवेदीले एमाले फेरी पनि जनता माझ अझ सक्रिय भएर आउने बताउनु भएको छ । एमाले ले जनहित मा गरेका कार्य जनताले भुल्न नहुने बाउनु भएको छ ।
साथै कार्यक्रममा बोल्दै नगर कमिटी अध्यक्ष गोकर्ण भट्ट ले केही चेतना स्तर कम भएका तत्वहरु ले एमाले ले गरेका कार्य लाई आफु जस लिन खोजेको आरोप लगाउनु भएको छ । भट्टले कुप्रचारका पछाडी नपर्न जनतालाई आय्रह पनि गर्नु भएको छ ।
  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु