कैलालीमा म्यादी प्रहरी भर्ना का लागि आवेदन दिने को भिड ,बेरोजगारीकै कारण स्नातक पढेका युवा पनि ४० दिने जागिरको लाईनमा

राजन जैगडी   बिहिबार १०, चैत २०७८ ११:०७

जिल्ला प्रहरी कार्यालय कैलाली मा म्यादी प्रहरी भर्ना का लागि आवेदन दिने को भिड लागेको छ । बेरोजगारीकै कारण अस्थाई राजधानी धनगढी मा दैनिक हजारौ को सङ्ख्या मा म्यादी प्रहरी का लागि युवाहरु को भिड लागेको हो । सरकारले म्यादी प्रहरी का लागि आवेदन खोले सँगै जिल्ला प्रहरी कायालय कैलालीमा म्यादी प्रहरी का लागि दरखास्त दिने को भिड लागेको हो ।देशकै सबै भन्दा ठुलो चुनौती को रुपमा रहेको बेरोजगारी ले गर्दा ४० दिने जागिर भए पनि थोरै सहज हुने युवाहरु को भनाई छ । सुदूर पश्चिममा रोजगारी का लागि भारत जानु पर्ने बाध्यता छ । यस्तै स्नातक अध्ययन गरिरहेका बिजय कोली पनि दाजुहरु भारतमा रोजगार गरेर आफुलाई पढाइ रहेको आफू दुइ दिन लाइन लागेर फर्म भरे अब यसका लागि पनि सोर्स फोर्स चाहिन्छ होला भनि चिन्ता ब्यक्त गरे ।
बेरोजगारी कै कारण ले युवाहरु दिनहु लाईन बसेर आवेदन भर्न बाध्य भएका छन् ।कोही चुलो जलाउन म्यादी भर्ना हुन चाहन्छन भने कोही छोरा छोरी हुर्काउन केही दिन सहज होला भनेर लाइनमा छन् ।
यस्तै कैलालीमा २४ सय जना म्यादी प्रहरी का लागि आवेलन खोलिए पनि दैनिक १४ सय को हाराहारी मा आबेदन आइरहेकोले आबेदन दिनेको सङ्ख्या दश हजार भन्दा माथि हुन सक्ने जिल्ला प्रहरी कार्यालयको अनुमान छ । धेरै प्रतिशपर्धी भएका कारण छनोट प्रक्रीया पनि थप चुनौती पुर्ण हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बेद प्रकाश जोशी ले बताउनु भएको छ ।
 गत स्थानीय चुनावमा सबै राजनितीक दलका धोषण पत्र मा सोरोेजगार एजेन्डा बनाईए पनि तर अहिले सम्म बेरोजगारी को समस्या जिउका तिउ रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु