कैलालीमा ग्रामिण स्वास्थ तथा शिक्षा सेवा गुठी काठमाडौँ र महिला विकास समाज  अन्र्तगत गठित मानव बेचबिखन बिरुद्धको पैरवी समुह को आयोजना मा बालबिबाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

छिनोफानो   बिहिबार १०, चैत २०७८ ०८:३४

कैलालीमा ग्रामिण स्वास्थ तथा शिक्षा सेवा गुठी काठमाडौँ र महिला विकास समाज अन्तरगत गठित मानव बेचबिखन बिरुद्धको पैरवी समुह को आयोजना मा बालबिबाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ ।कार्यक्रमलाइ पैरवी समुहकि (लिडर) सदस्य हिरा थापाले सञ्चालन गर्नू भयको थियो । समुहकि सदस्य डम्मरी कँुवरले स्वागत मन्तव्य सहित ,समुह को परिचय लगाएत समुहका वार्षिक गतिविधि का बिषय मा प्रष्ट प्रार्नु भएको हो ।

जिल्लाको गोदावरी नगरपालीका ६ स्थित शैलेश्वरी माध्यामिक विधालयमा  बढ्दो बालबिबाहको न्युनीकरणका लागि कार्यक्रम को आयोजना गरिएकोे महिला विकास समाज कि अध्यक्ष बिमला पन्त ओझा ले बताउनु भएको छ । साथै सँस्थाले ग्रामिण स्वास्थ तथा शिक्षा सेवा गुठी काठमाडौँ को सहयोग मा कैलाली र कञ्चनपुर का बिभिन्न बिधालयहरुमा बिपन्न छात्राहरुलाई  छात्रबृती प्रदान गर्नु का साथै समाज सुधार तथा समाजमा हुने कुप्रथा कुरिति लाई हटाउन सँस्था प्रतिबद्ध रहेको बताउनु भयो । उनले सामाजिक हितका लागि सँस्थाकोे कार्यबिधी भन्दा बाहिर गएर सहयोग प्रदान गरिरहेको बताइन् । उनले थपिन् सँस्थाले बिगत २८ बर्ष देखि जिल्ला का बिकट ठाँउहरु मा बिपन्न बालबालिका लाई अन्य सहयोग बितरण गरिरहेको बताईन् ।  

 
कार्यक्रममा समाजमा ठुलो समस्याको रुपमा रहेको बालबिबाहका बिषय मा छलफल गरिएको हो । आफ्ना समस्या राख्दै छात्रछात्राहरुले समाजमा  बालविबाहले जरा गाडेर बसेको यस्का मुख्य कारण प्राचिन सोच, अन्धविश्वास गरिबी,का कारणले बालबिवाह समाजमा कायमै रहेको बताए । बालबिबाह ले बालबालिकाको बिवाह पछि स्वाथमा घेरै प्रकारका समस्या देखिनु का साथै शिक्षा प्रप्तिमा सहज  नहुने ,मानसिक चेतना स्तरको कमि ल्याउने ,समाजिक क्रियाकलाप मा उपस्थित हुन नपाइने जस्ता समस्या देखा परेको स्थानीय स्वमसेविका ले बताइन् । 
साथै कार्यक्रम लाई सम्बोधन गर्दै गोदावरी वडा न ६ का वडा अध्यक्ष बिर बहादुर चोखालले बालबिबाह  का कारण आफूहरु लाई काम गर्न निकै कानूनी जटिलता भएकाले स्थानीय सरकार यसको न्युनीकरण का लागि प्रतीबद्ध रहेको बताउनु भएको छ ।  
नगरपालीकाकि महिला तथा बालबालिका साखा प्रतिनिधिले सरकारले बालबिबाह न्युनीकरण का लागि थुप्रै कार्यक्रहरु ल्याय पनि यसलाई जनचेतना अभावका कारण  अन्त्य गर्न नसकिएको बताईन ।
कार्यक्रममा महिला बिकास समाजकी अध्यक्ष, गोदावरी नगरपालिका वडा न ६ का अध्यक्ष , नगरपालीका महिला बालबालिका साखा प्रतिनिधि, स्थानीय प्रशासन, बिधालयका प्रधानाध्यापक ,बिधालय व्यस्थापन समिति अध्यक्ष तथा पैरवी समुहका प्रतिनिधि को उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु