लेटाङ घटनामा संलग्न भएको आशंकामा थप २१ जना नियन्त्रणमा

छिनोफानो   शुक्रबार ११, चैत २०७८ १०:४४

मोरङको लेटाङ घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले बिहीबार थप २१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । यसअघि प्रहरीले नौं जनालाई नियन्त्रणमा लिएको थियो ।
घटनामा संलग्नको नाम पछि सार्वजनिक गरिने मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । अनुसन्धानका लागि नियन्त्रणमा लिएका केहीलाई दोषी नदेखिएपछि सम्पर्कमा रहने शर्तमा छाडिएको छ । उक्त घटना पछि लगाइएको कर्फ्यु बिहीबारदेखि हटाएको छ ।

खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन दुर्व्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उत्तेजित भीडले आइतबार आक्रमण गर्दा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यस पछि भडकिएको हिंसालाई नियन्त्रण लिन प्रशासनले सोमबारदेखि कर्फ्यु लगाएको थियो ।

अवस्था सामान्य हुँदै गएको र दैनिक सुरक्षा पेट्रालिङ गर्ने गरी कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार लेटाङ र आसपासका क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबारदेखि ठप्प रहेको उक्त विद्यालयको क्षतिको आंकलन गरी चाँडै शैक्षिक गतिविधि शुरु गर्ने प्रक्रिया शुरु गरिएको दाहालले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु