ट्रयाक्टरको ठक्करबाट घर अगाडि खेल्दै गरेका एक बालकको मृत्यु

छिनोफानो   शुक्रबार ११, चैत २०७८ १०:४६

सर्लाहीको पर्सा गाउँपालिका-३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट घर अगाडि खेल्दै गरेका एक बालकको मृत्यु भएको छ ।

प्रदेश २-०३-००१ त २४३९ नम्बरको ट्रयाक्टरले घर अगाडि खेल्ने क्रममा स्थानीय जोगिन्द्र साहका दुई वर्षीय छोरा रितिक साहलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । ठक्कर पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु