डोटीमा महाकाली माद्यामिक विद्यालयको २ कोठे भवन उद्घाटन

छिनोफानो   शुक्रबार ११, चैत २०७८ ०६:४६

डोटी । डोटीमा महाकाली माध्यामिक विधालयको २ कोठे भवन उद्घाटन गरिएको छ । जिल्लाको जोरायल गाँउपालिका वडा नम्बर ५ खतेडामा रहेको उक्त विद्यालयको शुक्रबार एक कार्यक्रमकाबीच उदघाटन गरिएको हो । 


विद्यालयको प्रशासनिक काम सञ्चालनको प्रयोजनका लागि निर्माण गरिएको उक्त भवन गाँउपालिका अध्यक्ष दुर्गादत्त ओझाले उद्घाटन गरेका हुन् । निर्माण गरिएको विद्यालयको भवनमा गाँउपालिकाको १६ लाखको लागत रहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरेन्द्र देउबाले बताए । उनले भने, हाल उक्त भवन प्रगोगशालाका सामाग्री राख्न प्रगोग गरिएको छ । 


त्यस्तै कार्यक्रममा उपाध्यक्ष जोरायल गाँउपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहरा, विद्यालय व्यवस्थापन समितीका पदाधिकारी र अभिभावकको उपस्थिति रहेका थियो । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु