कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते

छिनोफानो   शनिबार १२, चैत २०७८ ०१:१०

कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रवार साँझ भएको डुंगा पिङ  दुर्घटनामा ३ जना गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार गम्भीर घाइतेलाई उपचारको लागि बुटवल लगिएको छ ।

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं ९ का आकृति खनाल रहेका छन् । यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा क्षेत्री, बाणगंगा नगरपालिका वडा नं ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नं ८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं ९ का कृष्ण घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीे ले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु