कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना को मृत्यु,दुई जना घाइते

छिनोफानो   शनिबार १२, चैत २०७८ ०१:४१

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना को मृत्यु भएको छ  । जिल्लाको  घोडाघोडी नगरपालिका–१० पहलवानपुरस्थित पूर्वपश्चिम राजमार्गमा से ६ प ८५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोडाघोडी–९ का २० वर्षीय तपेन्द्र बूढाको सेती अस्पतालमा उपचारका क्रममा हिजो राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 
यस्तै, मोटरसाइकल पछाडि सवार घोडाघोडी–९ कै १५ वर्षीय अभिषेक खड्का र २१ वर्षीय किरण बूढा सामान्य घाइते भएको प्रहरीले बताएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु