पर्सामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

छिनोफानो   शुक्रबार १८, चैत २०७८ ११:१६

पर्साको पोखरियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पोखरिया नगरपालिका-४ मा तीव्र गतिमा रहेका दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुबै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

मृत्यु हुनेमा धोवीनी गाउँपालिका-२ का ३५ वर्षीय ललनप्रसाद कुर्मी र सखुवा प्रसौनी गाउँपालिका-५ एकडरवा घर भएका २९ वर्षीय हसिन्दर सहनी छन् ।

बसन्तपुरबाट पोखरिया जाँदै गरेको ना ३ प १०२६ नम्बरको मोटरसाइकल र विपरितबाट आउँदै गरेको प्रदेश २-०३-००४ प ७४७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुबै मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । दुर्घटनामा रंजित महतो र सुपेन राउत घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु