सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

छिनोफानो   शुक्रबार १८, चैत २०७८ ११:२०

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको हो ।

तत्कालका लागि काठमाडौं उपत्यकालगायत प्रदेशभित्रै चल्ने सवारीसाधनमा भने भाडा नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका निर्देशक नमराज घिमिरेका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेका कारण सार्वजनिक यातायातको भाडा बढाइएको हो । व्यवसायीले केही सयमयता भाडा बृद्धि गर्न सरकारमाथि दबाब दिँदै आएका थिए ।

अबदेखि इन्धनको मूल्य बढ्दा भाडा बढ्ने घट्दा भाडा पनि घट्ने प्रणालीको विकास गरिने विभागले जनाएको छ । विभिन्न रुटमा बढेको भाडादर र बढेको भाडा लागू हुने मिति आगामी आइतबार सार्वजनिक गरिने घिमिरेले बताए । मन्त्रालयले मन्त्रिस्तरीय निणर्य गरी यातायात व्यवसायीको मागबमोजिम यात्रुवाहक र मालवाहकसहित भूगोलअनुसार हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत वृद्धि गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु