अखिल (क्रान्तिकारी) कैलालीले  शैक्षिक विकृति विरुद्ध बिधालयलाई बुझायो ज्ञापन पत्र

छिनोफानो   शुक्रबार १८, चैत २०७८ ०५:१७

कैलालीको घोडाघोडि नगरपालिका वडा नं१ मा रहेको राष्ट्रिय माविमा अखिल (क्रान्तिकारी) ले विद्यालयमा भएको अनियमितता र भ्रष्टाचार रोक्न तथा शैक्षिक गुणस्तर सुधार गर्न लगायतका मागहरु राख्दै बिद्यालयका प्रधानध्यापक राम छविल्ला चौधरीलाई ज्ञापन पत्र बुझाएको छ।

राष्ट्रिय माध्यामिक विद्यालय सुखडमा विगत लामो समय देखी भइरहेको भ्रष्टाचार, अनियमितता, अराजकता र केही गैर जिम्मेवारीपूर्ण कार्यहरू प्रति  विद्यालय प्रशासन लाई पटक पटक हाम्रो संगठन ले जानकारी र ध्यानाकर्षण गराउँदा समेत विद्यालय प्रशासन गैर जिम्मेवार भई प्रस्तुत भइरहेको प्रति ध्यााकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरियको छ।

अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष महेश पातलीले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा भएको भ्रष्टाचारजन्य गतिबिधिहरुको बिरुद्धमा आफुहरू जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताउनुहुदै,विद्यालय प्रशासनले लापरबाही तुरुन्त सच्याएर विद्यालयमा देखिएका समस्याहरु समाधान गर्न २४ घण्टे अल्टिमेटम सहित ध्यानाकर्षण गराएको जनाउनु भयो।

सपिङ कम्पलेक्सको भाडा ठेक्का वापतको  तीन वर्ष देखिको रकम उठाई विद्यालयको खातामा दाखिला गर्नुपर्ने,२ बर्ष  देखि शिक्षक कर्मचारीहरुको सञ्चय कोषको रकम तत्काल दाखिला गर्नुपर्ने,
 बिद्यालय सम्बन्धी महत्त्वपुर्ण निर्माण तथा अन्य निर्णयहरु कोठे बैठक बाट हुने गरेकोले यस्ता गैर जिम्मेवारी पूर्ण कार्यहरू बन्द गर्नु पर्ने, कर्मचारी  नियुक्ति  जस्तो गम्भीर बिषयमा एकरुपता र पारदर्शीता हुनुपर्ने , विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्नु पर्ने , विद्यालयमा छात्राहरु माथी हुने विभेद र दुर्व्यवहार बन्द गर्नु पर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु