भारतको राजधानी नयाँदिल्ली पुगे प्रधानमन्त्री देउवा

छिनोफानो   शुक्रबार १८, चैत २०७८ ०५:२९

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा तीन दिने भ्रमणका लागि देउवा आज भारततर्फ गएका हुन् । ४० सदस्यीय टोलीको नेतृत्व गर्दै गएका प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

दिउँसो साढे १ बजे काठमाडौंबाट नेपाल वायु सेवा निगमको जहाजमार्फत गएका देउवा ४ बजे नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु