ट्याक्टरमा ठोक्किँदा एक युवकको मृत्यु

छिनोफानो   आइतबार २०, चैत २०७८ ०२:१६

तीव्र गतिमा सवार मोटरसाइकल रोकिराखेको ट्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ ।
गौरादह(९ बैगुनधुरास्थित भित्री सडकमा मे २ प ३९१२ नम्बरको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को १ क २४७९ नम्बरको ट्याक्टरमा ठोक्किँदा गौरादह(९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान शुरु गरिएको जनाएको छ ।

यसैगरी शनिबार नै झापा दमक(५ का कृष्णकुमार राईका १३ वर्षीय छोरा रोहण राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । दमक(२ मा रहेको लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा अचानक बालक राई डुबेका र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । बालक एक्कासी दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग हारगुहार गरेका थिए ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको उनले बताए । उक्त बाँधमा एक वर्षअघि समेत पौडी खेल्ने क्रममा एक युवाको पनि डुबेर मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु