माधवकुमार नेपालसहित १४ जना सांसदको सुनुवाइ स्थगितको माग अस्वीकार

छिनोफानो   आइतबार २०, चैत २०७८ ०२:२५

 माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दिएको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । माधव नेपालसहितका सांसदको पक्षबाट उक्त रिटमाथिको सुनुवाइ रोक्न दिइएको निवेदन न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीले अस्वीकार गरेको छ । माधवकुमार नेपालसहितका सांसदको तर्फबाट आइतबारको सुनुवाइ रोक्न माग गर्दै अमर राउतले इजलाससमक्ष निवेदन दिएका थिए ।
तर सो निवेदनको आधारमा इजलासले सुनुवाइ रोक्न अस्वीकार गरेको एक कानुन व्यवसायीले जानकारी दिए । न्यायायाधीश सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त रिट चौथो नम्बरमा परेको छ । यसअघि २९ फागुनमा यस मुद्दा आइतबार पूर्ण सुनुवाइमा पेश गर्ने आदेश भएको थियो ।

नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टी गठन नहुँदै माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो । निष्कासनमा परेका सांसदको सनाखतमा अर्को पार्टी गठन गरिनु र उनीहरुको सांसद पद पनि कायम रहनु गैरकानुनीन भन्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र संघीय संसद सचिवालयलाई विपक्षी बनाई रिट दिएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु