नेपाल दलित मानव अधिकार एकता मञ्च नेपालको पहिलो नगरसभा सम्पन्न

छिनोफानो   आइतबार २०, चैत २०७८ ०३:५२

नेपाल दलित मानव अधिकार एकता मञ्च नेपालको नगर सभा समिति सङको अन्तरक्रिया  तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल दलित मानव अधिकार एकता मञ्चले धनगढी उपमहानगरपालिका भित्रका १९ ओटै वडाहरुमा समिति गठन गरेपछि  आज पहिलोनगरसभा सम्पन्न गरेको हो ।

दलित समुदाय बर्षै देखि खेप्दै आयको छुवाछुत ,सामाजिक भेदभाव अन्त्य गर्नु का साथै बिपन्न बर्गको  हकहित र अधिकारको रक्षा गर्नु सँस्थाको प्रमुख उद्देश्य रहेको   संस्थाका संस्थापक अध्यक्ष दीपक सुनारले बताए । साथै उनेले सस्थाले बिपन्न समुदायको स्तर अभिबृद्धि गर्न सस्थाले बिभिन्न कार्यक्रमहरुको थालनी गरेको जानकारि दिए ।

उनले भने, हामि समृद्ध समाजको निमार्णको अभियानमा छौ , त्यसैले हामिले बिपन्न बर्गको  उत्थानको लागि उनिहरुको दैनिकी सँग सरोकार राख्ने शिक्षा ,स्वास्थ, कृषि बिशेष जोड दिने रहेको छ । उपमाहानगरपालिकाका   १९ वटै वडामा निशुल्क बिमा को कार्यक्रम गर्ने योजना रहेको बताए । 


कार्यक्रमका प्रमख अतिथि धनगढी उपमहानगरपालिका नगर प्रमुख निर्प ओडले सँस्थाले गरेको काम लाई थप प्रभावकारि बनाउन स्थानीय सरकारले खेल्नु पर्नै भमिका मा आफुहरु प्रतिबद्ध रहेको बताए ।

सबै नागरिक को सहयोगले आफुले धनगढी उपमहानगरपालीका लाई उत्कृष्ट  नगरपालीका बनाउन सफल भएको  उनको भनाई छ । उनले भने , म नगर प्रमुखको जिम्मेवारी दिनमा  बिपन्न बर्ग को ठूलो भूमिका थियो , कोरोना ले निम्त्याय को संकटले बिकास मा प्रभाव पार्यो सबै नागरिकका घर दैलोमा गएर वाताबरण भएन, तर पनि हामि सबै भन्दा अगाडि छौ यसको श्रेय सबै नगरवासि लाई जान्छ । फेरि पनि आउदो स्थानीय चुनावमा  आफ्नो नगरप्रमुखमा  दावि रहने बताए ।


छुवाछुत र विभेद अन्य गर्न सामाजिक आर्थिक रूपमा पिछडिएको दलित जनजाति महिला बालबालिकाहरूलाई सिपमूलक तालिम समेत मञ्चले प्रदान गर्ने गरेको छ । पहिलो नगर सभा बाट विजय बहादुर विश्वकर्माको अध्यक्षतामा २० सदस्यीय नगर समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा निमा वड,कोषाध्यक्षमा लक्ष्मी ओखेडा,सचिवमा प्रकाश बिक र सहसचिवमा अमिर गहतराज चयन गरिएको संस्थाले जनाएको छ ।

मञ्चको नगर सभाको सदस्यमा नेहा विश्वकर्मा,शर्मिला बि.क,ममता कोली,मनिष पार्की,स्यानु पार्की,मनोज बिक,निर्मला गहतराज ,प्रतीक्षा घिमेर ,कलसा लुहार,तुलाराम बिक,अर्जुन कोली,देवकी सार्की,शेरबहादुर सार्की,कुसुम वड,रीतिका वड र प्रिया परियारलाई सदस्य चयन गरिएको संस्थाकी अध्यक्ष निकिता अ‍ोडले बताईन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु