मानव बेचबिखन बिरुद्धको पैरवी समुह कञ्चनपुरको आयोजनामा महिला सशक्तिकरण सम्बन्धिको ३ दिने तालिम सम्पन्न

छिनोफानो   आइतबार २०, चैत २०७८ ०४:०७

देशमा महिला पुरुषलाई समान अधिकार दिने गरी कानुन निर्माण भएपछि आफ्नो अधिकारका क्षेत्रमा महिलाहरु सशक्त बन्न थालेका छन् । चाहे राजनीतिक क्षेत्रमा होस् वा सामाजिक । महिलाहरुको प्रयास अधिकार सुनिश्चिततामा अब्बल देखिन्छ । तरपनि देशका अधिकांश क्षेत्रमा महिलाको उपस्थितिलाई न्युन मापन गरिएको छ । सोहि विषयलाई मध्यनजर गर्दै कञ्चनपुरमा ३ दिने मानव अधिकार तथा महिला सशत्तिकरण सम्बन्धि तालिम आयोजना गरिएको छ । 

कृष्णपुर नगरपालिका वडा न। २ र मावन बेचबिखन विरुद्धको पैरवी समुह अमेरिकन हिमालयन फाउण्डेसन  ९एएचफ० को आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो । ग्रामिण स्वास्थ्य शिक्षा सेवा गुठी ९रेष्ट० र महिला विकास समाज धनगढीको समन्वय रहेको उक्त तालिममा समुदाय स्तरका महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने महिलाकर्मी गरि जम्मा ३५ जनाको उपस्थिति रहेको थियो ।

 

तालिममा महिला सशक्तिकरणका साथै मानव अधिकारका विषयमा प्रशिक्षण गराईएको महिला विकास समाजकी अध्यक्ष बिमला पन्त ओझाले बताईन । मानव अधिकारका सवालमा ग्रामिण क्षेत्रमा पनि चेतना फैलाउनु हाम्रो उद्धेश्य हो, उनले भनिन्, महिला परिवर्तन हुनु नै समाज परिवर्तन हुनु हो त्यसैले आवश्यकताका आधारमा तालिम सञ्चालन गरेका हौँ । त्यस्तै उनले देश विकासको पहिलो आधार महिला विकास रहेको बताउँदै ग्रामिण क्षेत्रबाट महिला सशक्तिकरणको अभियान आवश्यक रहेको बताएकी छिन् । 

महिला सशक्तिकरण तालिमको वडा न २ का अध्यक्ष जयनारायण जोशीले उद्धघाटन गरेका थिए । बिमला पन्त ओझा, दिनेश भण्डारी, हिमालय विष्ट र गौरव महत प्रशिक्षक रहेको उक्त तालिमको उद्धघोषण हिरा थापाले गरेकी थिईन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु