डोटिमा जिप दुर्घटना: २ जनाको मृत्यु, ५ जना घाईते

  आइतबार २०, चैत २०७८ ०९:५४

डोटी । डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना हुंदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

दुर्घटनामा परि जिपमा सवार ५ जना घाईते भएका छन । मृतक र घाइतेको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटिले जनाएको छ । 

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी टोली घटना स्थल पुगेर अनुसन्धान गरेको भएपनी घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु