ग्यास सिलिन्डर विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु

छिनोफानो   सोमबार २१, चैत २०७८ १२:४५

सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
आइतबार बेलुका खाना बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर विष्फोट भएको थियो । विष्फोटमा परेर तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक प्रहरीले दिएको जानकारीअनुसार स्थानीय मीनबहादुर तामाङको घरमा रहेको एक सानो पसलमा विष्फोट भएको थियो । विष्फोटमा परेर १० वर्षका विशाल तामाङ, ६ वर्षका सरगम तामाङ र २ वर्षकी दिब्या तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु