गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन गृह कार्य सुरु

छिनोफानो   सोमबार २१, चैत २०७८ ०२:४८

कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन गृह कार्य सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार मन्त्रालयमा बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक सल्लाह तथा सुझाव सङ्कलनका लागि समिति गठन गरेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। टोकराज पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल सदस्य सचिव तथा पर्यटन बोर्डका निर्देशक हिक्मतसिंह ऐर, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर निलविक्रम थापा र विशेषज्ञका तर्फबाट सुरेन्द्र बोहरा सदस्य रहेको मन्त्रालयले जनाएको छ ।

समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थलगत अध्ययन गर्ने तथा सो क्षेत्रका स्थानीय, नागरिक समाजलगायतसँग छलफल र परामर्श गरी प्रतिवेदन बुझाउने निणर्य भएको संयोजक पाण्डेले जानकारी दिए ।
अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सामाजिक, आर्थिक तथा प्राविधिक विषयमा विभिन्न निकाय, समाजसेवी तथा स्थानीयसँग छलफलगरी १५ दिन भित्र प्रतिवेदन पेस गर्नेछ । उक्त विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन रु एक अर्ब विनियोजन गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु