मतपत्र छपाइको काम आजबाट सुरु

छिनोफानो   सोमबार २१, चैत २०७८ ०६:५९

मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म एक लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले अब सक्कली मतपत्रको छपाइ कार्य शुरु हुने बताएका हुन् । प्रवक्ता पौडेलले गृहमन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानकारी गराइसकेको भन्दै त्यसप्रति आयोग गम्भीर भएर लाग्ने समेत बताए ।

दुर्गम ठाउँमा मतपत्र पुग्नका लागि धेरै समय लाग्ने भएकाले शुरुमा दुर्गम ठाउँका लागि मतपत्र छापिने उनले जानकारी दिए । त्यस्तै कुल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने उनले बताए । ‘मनाङ, हुम्ला, जुम्ला जस्ता दुर्गम ठाउँका लागि सुगम ठाउँको भन्दा बढी मतपत्र जगेडा राखेर छपाइ गरिन्छ भने सुगम ठाउँका लागि कम जगेडा राखेर छापिन्छ’’ प्रवक्ता पौडेलले भने ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु