भ्रमित प्रचारको भर नपर्न बिप्लव नेतृत्वको नेकपा को आग्रह

छिनोफानो   मङ्गलबार २२, चैत २०७८ ०४:२७

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्रमित प्रचारको भर नपर्न आग्रह गरेको छ । पार्टी को नाम जोडेर स्थानीय चुनावमा एमालेलाई सहयोग गर्ने समाचार बाहिरिए पछि नेकपा ले कुप्रचारको भ्रममा नपर्न आग्रह गरेको हो । पार्टीको केन्द्रीय समितिको १२औँ पूर्ण बैठकको निर्णय अनुसार पार्टी वैशाखमा हुने स्थानीय चुनावमा भाग नलिने स्पष्ट निर्णय भैसकेको नेकपा का जिल्ला कार्यालय सचिव प्रकाश रावलले बताउनु भएको छ ।

उनले भने ,कथित स्थानीय चुनावमा देशभक्त,स्वतन्त्र उम्मेदवार र एमसिसि बिरोधि उम्मेदवार प्रती सहानुभूति रहन सक्ने केन्द्रिय समितिको प्रतिवेदनमा उल्लेख छ त्यस भन्दा बाहिर व्यक्तिगत राजनीतिक फाईदाका लागि कसैले गरिने सम्बाद,छलफल बारे धेरै टिका टिप्पणी नगर्न हामीलेअनुरोध गरेका छौ, जिल्ला पार्टी केन्द्रीय समितिको बेठक प्रति प्रतिबद्ध छ ।

उनले थपे ,समाचारमा आएका कुरामा कोही पनि आम जनसमुदाय र पार्टी कार्यकर्ता लाई भ्रममा नपर्न हामिले अनुरोध अनुरोध गरेका छौ । पार्टी जिल्लाको बैठक यहि चैत्र २३ र २४ गते बस्ने हुँदा त्यस पश्चात देश र जनतालाई केन्द्रमा राखी नेता कार्यकर्ताको राय र सल्लाहमै आगामी निर्णय लिइने रावलले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु