राष्ट्रपतिद्धारा विभिन्न पाँच वटा अध्यादेश जारी

छिनोफानो   बुधबार २३, चैत २०७८ ०१:४०

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
जारी भएका अध्यादेशहरू
१। यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ ।

२। फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ ।

३। सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ ।

४। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ ।

५। नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु