धनगढीमा क्लवस्तरीय  क्रिकेट प्रतियोगिता हुने

छिनोफानो   बुधबार २३, चैत २०७८ ०७:०५

धनगढीमा डिएसएल क्लव क्रिकेट प्रतियोगिता हुने भएको  छ । लिटल फ्लावर प्रीमियर लिगका ६ वटा संस्करण सफलतापुर्वक पुरा गरेको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा।लि। ले धनगढी सुपरलिग डिएसएल( १ को आयोजना गर्न लागेको हो । यो क्लब क्रिकेट प्रतियोगिता २०७९ बैशाख दोस्रो सातादेखि धनगढीमा संचालन हुने छ । धनगढीलाई क्रिकेटमय बनाईराख्न र आफ्नो प्रतिभा देखाउन नियमित तयारीमा जुटेका खेलाडीहरुको हौसला बढाउन यो प्रतियोगिता संचालन हुन लागेको आयोजकको भनाइ छ । 
 यो  प्रतियोगिता संचालनले क्रिकेटको विकास, विस्तार र  खेलप्रति सकारात्मक  सहभागिता र सहयोग हुन्छ भन्ने अभिप्राय रहेको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
यस प्रतियोगितामा नेपालभरका उमेर समुहका चर्चित क्रिकेट खेलाडी र  सिनियर खेलाडीहरुको सहभागिता रहनेछ।
कैलाली जिल्ला क्रिकेट संघ तथा  सुदुरपश्चिम प्रादेशिक क्रिकेट   संघसङ्गको समन्वय र नेपाल क्रिकेट संघ९ क्यान०को अनुमति लिई यो प्रतियोगिता आयोजना गर्न लागिएको शाहीले जानकारी दिए । 
 प्रतियोगिताको विजेता र उपविजेता पुरस्कार केहिदिनमा धनगढीमा पत्रकार सम्मेलन गरि जानकारी गराईने उनले बताए ।
धनगढी सुपरलिग (डिएसएल) लाई प्रायोजक, खेलाडीहरु, प्रशिक्षकहरु,खेलप्रेमी महानुभावहरु, नागरिक समाज, पत्रकारज्युहरु लगायत आम नेपाल तथा बिदेशमा रहनुहुने क्रिकेटप्रेमीहरुको साथ( सहयोग र समन्वय हुने अपेक्षा आयोजकले गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु