धनगढीमा लिडार स्पिड गनद्वारा गति मापन गरिने, नियम तोडे हदैसम्मको कारवाही

  बिहिबार २४, चैत २०७८ ०८:१८

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारी साधनको गति मापनका लागी लिडार स्पिड गन प्रयोग गर्ने भएको छ । 

सवारी साधन तिब्र गतिमा चलाउदा हुने दुर्घटनाको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गनको प्रयोग गर्न लागिएको हो । कैलाली जिल्लामा भएको सवारी दुर्घटनाको तथ्याङकलाई ध्यानमा राख्दै तिव्र गतिका कारण हुनसक्ने दुर्घटनाको जोखिम न्युनिकरणका लागि लिडार स्पिड गनको प्रयोग गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।  

गति सिमा सम्बन्धमा बजार क्षेत्रमा तथा व्यस्त सडकमा दुई पाङग्रे सवारी साधनले २० कि.मि प्रति घण्टा भन्दा बढी गतिमा चलाउन नपाउने प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 'चार पाङग्रे सवारी साधनको हकमा ३० कि.मि प्रति घण्टा गतिमा मात्र चलाउन पाइने छ', उनले भने, '६ लेन सडक खण्ड तथा राजमार्ग सडक खण्डमा अधिकतम ४०-६० कि.मि.प्रति घण्टा चलाउन पाउने नियम लागु गरिएको छ ।'

दुर्घटनाको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्ने लिडार स्पिड गनको मापन दुरी ३०० मिटर रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु