११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु

छिनोफानो   बिहिबार २४, चैत २०७८ १०:२५

सप्तरीको बोदेबर्साइन नगरपालिका(८ काचनमा बुधबार ११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्टबाट स्थानीय ६५ वर्षीय रामनारायण साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
नयाँ घरको छतमाथि रेलिङमा पानी हाल्दै गर्दा छतको माथि रहेको ११ हजार भोल्टको तारमा अचानक छुन जाँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएका उनको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु