आयोगले निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटायो

छिनोफानो   बिहिबार २४, चैत २०७८ १०:३९

निर्वाचन आयोगले आउँदो वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ । उनीहरुको सट्टामा नयाँ कर्मचारी नियुक्त गरिएको छ ।
आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची(१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार चैत २३ गते देखि नै हटाइएको हो ।

उनीहरूको ठाउँमा अन्यलाई निर्वाचन अधिकृतका रूपमा नियुक्ति दिइएको सूची आयोगले प्रकाशन गरेको छ । नियुक्त नयाँ निर्वाचन अधिकृतलाई यही चैत २९ गतेभित्र तोकिएका स्थानमा हाजिर हुन आयोगले निर्देशन पनि दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु