स्थानीय तहको अवस्थाबारे २६ गतेभित्र रिर्पोट बुझाउन सत्ता गठबन्धनको निर्देशन

छिनोफानो   बिहिबार २४, चैत २०७८ १०:४५

सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले चुनावी तालमेलका लागि स्थानीय तहको अवस्थाबारे २६ गतेभित्र रिर्पोट बुझाउन निर्देशन दिएको छ ।
बुधबार समितिका संयोजक रामचन्द्र पौडेले नेतृत्वमा बसेको बैठकले प्रदेश, जिल्ला लगायत चुनावी तालमेल संयन्त्रलाई रिर्पोट बुझाउन निर्देशन दिएको हो ।

‘तल्लो तहमा विभिन्न संयन्त्र बनेका छन् । बैठक बसेर त्यहाँको स्थितिका बारेमा रिर्पोट कलेक्सन गरेर २६ गतेभित्र पठाउने भन्ने कुरा भएको छ’, माओवादीका नेता देव गुरुङले भने । गठबन्धनले पालिकासम्म चुनावी तालमेल संयन्त्र बनाउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु