पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा फेला

छिनोफानो   बिहिबार २४, चैत २०७८ १२:१३

सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा फेला परेको छ ।
मलंगवा(१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव बिहीबार बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।
आइतबार गाउँमा न्वारनको भोज खान गएका मिठु घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशलाई पक्राउ गरेको थियो । बयानमा जगदीशले बालकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले मिठुको शव बरामद गरेर प्रादेशिक अस्पताल मलंगवा ल्याएको छ । जिल्ला प्रहरी कार्यालयले दोषी पक्राउ गरिसकेको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु