धनगढी उपमहानगरपालिकामा  भूमिहिन  बिपन्न २१ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण

छिनोफानो   शुक्रबार २५, चैत २०७८ ०६:३६

सुदुरपश्चिममै पहिलो पटक धनगढी उपमहानगरपालिकामा  भूमिहिन  बिपन्न २१ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएका छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व संविधान सभा सदस्य डाक्टर आरजु राणा देउवाले बिपन्न परिवार भुमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र बितरण गरेकी हुन् । जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्दै नेतृ राणाले नेपाली कांग्रेसले भूमिहिन परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने उदघोष गरेको बताउदै पहिलो चरणमा भूमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र बितरण गरिएको बताइन् ।


जग्गाधनी दर्ता प्रमाणपत्र हातमा परेपछि भूमिहिन बिपन्न  परिवारहरु खुशी छन ्। स्थानीय प्रम दमाईले ५३ बर्ष पछि  सपनामा समेत आफ्नो नाममा जग्गा हुने कुरा नसोचेको बताउदै जग्गा पाएपछि निकै खुशी भएको बताए ।
५३ बर्ष भै सक्दा पनि सरकार ले जग्गा प्रमाणपत्र पाउन नसकेको अहिले ३ धुर प्रमाणपत्र पाउदा स्थानीय हर्षित भएका हुन् ।

यस्तै धनगढी उपमहानगरपालिका का नगर प्रमुख निर्ग बहादुर ओड ले  सुदूर पश्चिमकै पहिलो पटक आफ्ना नगरवासि लार्इं जग्गा प्रमाणपत्र बितरण गर्ने पहिलो नगरपाकिा भएको बताएका छन् । साथै उनले क्रम बद्ध रुपले सबै बिपन्न भुमिहिननागरिकले जग्गा धनि प्रमाणपत्र पाउने जानकारि दिएका छन् । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु