रौतहटको लमहा खोलामा एक महिलाको शव फेला

छिनोफानो   शनिबार २६, चैत २०७८ ०८:५९

रौतहटको लमहा खोलामा एक महिलाको शव फेला परेको छ । यमुनामाई गाउँपालिका( २ भेडियाहीस्थित लमहा नदीमा महिलाको शव फेला परेको हो । शवको सनाखत हुन सकेको छैन ।
स्थानीयले खोलाको पानीको डुबेको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । महिलाको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु