धनुषाका मालपोत कार्यालय निमित्त प्रमुख पाँच लाख घुस लिएको आरोपमा पक्राऊ

छिनोफानो   सोमबार २८, चैत २०७८ ११:२१

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग पाँच लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् । जनकपुरधामको भानुचौकबाट आज (सोमबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ ।
जग्गाको हकछाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा मुचुल्का उठाई रहेको छ । अन्य विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु