नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते

छिनोफानो   सोमबार २८, चैत २०७८ ११:३०

नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार राति खरकट्टा जङ्गलमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ जना सवार रहेको बसका २१ यात्रु घाइते भएका हुन् । दुर्घटनामा परेका अधिकांश यात्रु कावासोती र डण्डाका छन् । उनीहरुको कावासोतीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबै जना खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । नारायणगढबाट कावासोती जाँदै गरेको ना ५ ख १४१६ को बस खरकट्टा जंगलमा दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु