अटोमेटिक पेस्तोल सहित दुई जना पक्राउ

छिनोफानो   मङ्गलबार २९, चैत २०७८ १०:३३

धनुषाको जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका(१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ज. ७ प . ७९३२ नम्बरको मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका(९ घर भई जनकपुरधाम(४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका(१ घर भई जनकपुरधाम - ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु