जसपा का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) माओवादी केन्द्रमा प्रवेश

छिनोफानो   मङ्गलबार २९, चैत २०७८ ०५:३६

जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार  माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चौधरीलाई पार्टीमा पुनः स्वागत गरेका हुन्।
माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य रहेका चौधरी बाबुराम भट्टराईले माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी गठन गर्दा उनी पनि भट्टराईसँगै नयाँ शक्तिमा गएका थिए । 
नयाँ शक्ति जनता समाजवादी पार्टीमा बिच एकता भएपछि कुन्दन सुदूरपश्चिम प्रदेश अध्यक्ष थिए । उनीसँगै जनता समाजवादी पार्टी सुदूरपश्चिमका अन्य नेता कार्यकर्ताहरु पनि माओवादीमा फिर्ता भएका बताइएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु