यस्तो  रहने छ   आउदो स्थानिय चुनावमा सुदूर पश्चिम प्रदेशको मतदाता  संख्या,मतदान स्थल संख्या र मतदान केन्द्र संख्या

छिनोफानो   मङ्गलबार २९, चैत २०७८ ०५:५७

देशमा चुनावी माहोल छाएको छ ।  बिभिन्न स्थानीय तहमा उम्मेदवारी दिने आकाँक्षीहरुको सामाजिक सञ्जालमा लहर चलेको छ । सुदूर पश्चिम प्रदेशमा कुन जिल्ला मा कति मतदाता  छन त , जनता को चासो को बिषय बनेको छ ।प्रदेश निर्वाचन कार्यालय धनगढीले आगामि स्थानीय निर्वाचनकोे तयारी तिब्र बनाएको छ । आयोगले प्रदेश भरिका मतदाता  संख्या , मतदान स्थल संख्या र मतदान केन्द्र संख्या तय गरेको छ ।    
आउदो स्थानिय चुनावमा यस्तो रहने छ सुदूर पश्चिम प्रदेशको जनमत संख्या  
 सुदूर पश्चिममा २०७९ बैशाख २९ गते सम्म १८ बर्ष पुरा भएका जम्मा मतदाता  संख्या १६ लाख ३२ हजार १  सय पचास रहेको छ । जसमा पुरुषको संख्या ८ लाख ६ सय ६२  रहेको छ भने महिलाको सख्या ८ लाख ३१ हजार ४ सय ७० र अन्यको सख्या १८ रहेको छ । प्रदेश भरि १ हजार १ सय ३५ मतदान स्थल र २ हजार १ सय ३ मतदान केन्द्र रहने छन् ।   
सुदूर पश्चिम प्रदेशमा जिल्ला का आधारमा बाजुरा जिल्लामा पुरुष ४२ हजार १ सय ५१ ,महिला ४० हजार ५ सय ३७ र अन्य २ गरि जम्मा मतदाता संख्या ८२ हजार ६ सय ९० रहेको छ । जिल्ला भरि ७० मतदान स्थल र १ सय १२ मतदान केन्द्र रहने छन् ।  
अछाम जिल्लामा पुरुष ७५ हजार ८ सय ३७ , महिला  ८० हजार ४ सय ४१ गरि जम्मा मतदाता संख्या १ लाख ५६ हजार २ सय ८० रहेको छ । जिल्ला भरि १ सय ३० मतदान स्थल र २०७ मतदान  केन्द्र रहने छन् । 
यस्तै बझाङ जिल्लामा पुरुष ६१ हजार ३ सय ८९ , महिला ६० हजार ७ सय ४८ गरि जम्मा मतदाता संख्या १ लाख २२ हजार १ सय ३७ रहेको छ ।  ज्ल्लिा भरि १ सय ३३ मतदान स्थल र १ सय ८३ मतदान केन्द रहने छन् ।
यस्तै डोटी जिल्लामा पुरुष ५८ हजार २ सय ८२ , महिला ६५ हजार २ सय ७२ गरि जम्मा मतदाता संख्या १ लाख २३ हजार ५ सय ५४ रहेको छ । जिल्ला भरि मतदान स्थल संख्या १ सय १५ र मतदान केन्द्र संख्या १ सय ७१ रहने छन् । यस्तै कैलाली जिल्लामा पुरुष २ लाख ५६ हजार १ सय ४ , महिला २ लाख ६९ हजार १० अन्य ११ गरि जम्मा मतदाता संख्या ५ लाख २५ हजार १ सय २५ रहेको छ । जिल्ला भरि मतदान स्थल संख्या २ सय ३६ र मतदान केनद्र संख्या ६ सय १९ रहने छ । 
यस्तै दार्चुलामा पुरुष ४५ हजार १ सय ११, महिला ४३ हजार ४३ हजार १ सय ७४  गरि जम्मा मतदाता संख्या ८८ हजार २ सय ८५ रहेको छ । जिल्ला भरि मतदान स्थल संख्या १ सय १० र मतदान केन्द्र संख्या १ सय ३९  रहने छन् ।
यसैगरि  बैतडीमा पुरुष ७३ हजार ८ सय ८३, महिला ७४ हजार ७ सय २१ अन्य २ गरि जम्मा मतदाता संख्या ९० हजार १ सय १९ रहेका छन् । जिल्ला भरि मतदान स्थल संख्या १ सय २९ ,मतदान केन्द्र  संख्या २०५ रहने छन् । 
 यस्तै डडेलधुरामा पुरुष ४४ हजार ६ सय ६४ ,महिला ४५ हजार ४ सय ५५ गरि जम्मा मतदाता संख्या ९० हजार १ सय १९ रहेको छ । जिल्ला भरि मतदान स्थल सख्या  १ सय ३२ मतदान स्थल केन्द्र ३ सय ४१ रहने छन् ।  
कञ्चनपुर जिल्लामा पुरुष १ लाख ४३ हजार  २ सय ४१,महिला १ लाख ५२ हजार १ सय १२ अन्य १ गरि जम्मा मतदाता सख्या २ लाख ९५ हजार ३ सय ५४ रहेको छ । जिल्ला भरि मतदान स्थल संख्या १ सय ३२ र मतदान केन्द्र संख्या ३ सय ४१ रहने निवार्चन आयोग कैलाली ले जानकारि दिएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु