सशस्त्र प्रहरी बलको आईजीपीमा पुष्पराम केसी

छिनोफानो   बुधबार ३०, चैत २०७८ ०४:१०

सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी नियुक्त गरेको हो ।यसअघिका आईजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण यही चैत २८ गते अनिवार्य अवकाश पाएपछि एआईजी केसीलाई आईजीपी नियुक्त गरिएको हो ।

आईजीपीको दौडमा एआईजी केसी र रामशरण पौडेल थिए । उनीहरू दुवैले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । वैशाख १९ पछि सशस्त्र प्रहरीमा फेरि नयाँ आईजीपी नियुक्ति हुनेछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु